Home / Politics / संसद् विघटनको सिफारिस गरेको भन्दै प्रधानमन्त्रीलाई विद्यार्थीले कालो झन्डा देखाएर बिरोध, चारजना पक्राउ

संसद् विघटनको सिफारिस गरेको भन्दै प्रधानमन्त्रीलाई विद्यार्थीले कालो झन्डा देखाएर बिरोध, चारजना पक्राउ

काठमाडौं : प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गरेको भन्दै अनेरास्ववियूका विद्यार्थीहरुले सिंहदरबारबाट निवासतिर फर्किएका प्रधानमन्त्रीलाई पुल्चोकमा कालोझन्डा देखाएर बिरोध गर्न पुगेका चार नेतालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा आरती लामा, मनीषा कार्की, निरोज श्रेष्‍ठ र सञ्‍जय काल्दन छन्। पक्राउ परेका चारैजनालाई जावलाखेल वृत्तमा राखिएको छ।

पक्राउ पर्ने आरती लामाले भनिन, “प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमकाविरुद्ध हामीले मन्त्रीहरूलाई लक्षित गरेर पुल्चोकमा कालो झन्डा देखाएका थियौं। अहिले जावलाखेल वृत्तमा राखिएको छ। प्रहरीले धरपकड गरेर यहाँ ल्यायो,।”

अनेरास्ववियू प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *