Home / Nepal / News / इलाम, झापामा, सिन्धुपाल्चोक, सर्लाहीमा चारजना मृत फेला

इलाम, झापामा, सिन्धुपाल्चोक, सर्लाहीमा चारजना मृत फेला

काठमाडौं : इलाम, झापामा, सिन्धुपाल्चोक, सर्लाहीमा चारजना मृत अवस्थामा फेला परेका छन्।

इलामको सन्दकपुर गाउँपालिका–४, सोमबारे बस्ने ६४ वर्षीया चित्रमाया गुरुङ आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन्।

झापाको बिर्तामोड नगरपालिका–५, डेरा गरी बस्ने ५० वर्षीया हेमकुमारी चौहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् ।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३, एक्ले भीरमा त्रिपुरासुन्दरी–२, चोकटी बस्ने ७४ वर्षीय काशी थामी मृत अवस्थामा फेला परेका छन्।

त्यस्तै सर्लाहीको कबिलासी नगरपालिका–६, मदनपुरस्थित बिर्ता पोखरीनजिकै खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *