Home / Nepal / News / रौतहटको कटहरियामा सोमबार राती १५ बर्षकि बालिका बलत्कृत

रौतहटको कटहरियामा सोमबार राती १५ बर्षकि बालिका बलत्कृत

रौतहट: रौतहटको कटहरिया नगरपालिका-१ भसेढवाम बलत्कारको आरोपमा एक युवक पक्राउ परेका छन ।इलाका प्रहरी कार्यालय गरुडाका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय इन्दल दाश रहेका छन।

सोमबार राती ९ बजे सोहि टोलकी एक १५ बर्षीया बालिका धारामा पानी भर्न गएका बेला इन्दलले बलात्कार गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। घरमा कोही नभएको मौका छोपी अभियुक्तले बालिकाको मुख थुनेर नजिकैको धानखेतमा लागि बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन।

घटनालगत्तै प्रहरीलाई खबर गरेपछी ईलाका प्रहरी कार्यालय कटहरियाबाट आरोपीलाई राती १२ बजे पक्राउ गरिएको थियो। पक्राउ परेका आरोपी हाल ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेका छन।

पीडितका बुबाको जाहेरीको आधारमा उनीमाथी पक्राउ गरि कानुनी कारबाही अगाडी बढाइएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रबि रावलले जानकारी दिनुभएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *