Home / Society / दाङको तुलसीपुरमा सुरु भयो प्रधानमन्‍त्री रोजगार कार्यक्रम

दाङको तुलसीपुरमा सुरु भयो प्रधानमन्‍त्री रोजगार कार्यक्रम

दाङ : दाङको तुलसीपुरमा उपमहानगरपालिका १३ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। कार्यक्रमको उद्घाटन तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले गरेका हुन्।

तुलसीपुर उपमहानगरपालिका १३ र १४ जोड्ने सडक रोल्पाबाट बिजौरी हुँदै सिमलसोता जोड्ने सडक हो। वडा १३ बाट एक सय २५ जनाको नाम सूचीकृत भए पनि पहिलो दिन ८६ जना काममा आएका छन्। अहिले आठ मिटर रहेको उक्त सडकलाई १२ मिटर बनाउने गरी काम भइरहेको छ। जुन सडक राजमार्ग जोड्ने दाङको वैकल्पिक मार्गका रुपमा लिइएको छ।

उपमहानगरपालिका प्रमुख पाण्डेका अनुसार तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा यो कार्यक्रम सुरु हुने यस आव ०७७/७८ मा तुलसीपुरबाट ५०४ जनाले रोजगारी पाउने भएका छन्। उनीहरुको पारिश्रमिक सीधै बैंक खातामा राखिने भएको छ। यस वर्ष संघीय सरकारबाट प्रधानमन्त्री रोजगारका लागि तुलसीपुरमा दुई करोड ५२ लाख रुपैयाँ आएको छ।

“यस वर्ष तुलसीपुरमा करिब २२ सयले रोजगारका लागि फाराम भरेका थिए,” उनले भने, “तीमध्ये न्यून आय भएका, अत्यन्त गरिब परिवार छनोट गरेर पाँच सय चारजना छनोट गरिएको छ।”उनीहरुलाई एक सय दिन रोजगार प्रदान गरिने तुलसीपुर उपमहानगरपालिकाका रोजगार संयोजक किरण गौतमले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *