Home / Nepal / News / अमेरिकामा कोरोनाबारे अनुसन्धान गर्ने चिनियाँ प्रोफेसरको हत्या

अमेरिकामा कोरोनाबारे अनुसन्धान गर्ने चिनियाँ प्रोफेसरको हत्या

एजेन्सी । कोरोना भाइरसको अनुसन्धान गरिरहेका चिनियाँ शोधकर्ताको अमेरिकामामा मृत्यु भएपछि विश्वभरि ‘षड्यन्त्रको कथा’ बुनिएको छ ।

३७ वर्षीय बिङ ली शनिबार आप्mनै घरमा मृत भेटिएका थिए । उनी युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागमा असिस्टेन्ट प्रोफेसर थिए । 

लिका साथ काम गर्दै आएका व्यक्तिहरूले उनी कोभिड–१९ बारे ‘अहम् खोज’ गरेर नजिकै पुगिसकेको दाबी गरेका छन् । त्यसपछि अनलाइन मिडियामा उनको हत्या भएको समाचारहरू प्रकाशित भए । प्रहरीले घटनामा दुईजनाको मृत्यु भएको जनाएको छ । प्रहरीको दाबीअनुसार एकजनाको हत्या भएको हो भने अर्का एकजनाले आत्महत्या गरेका हुन् । 

स्थानीय प्रहरीका अनुसार पिट्सबर्गमा बिङ लीको टाउको, शरीर, हातखुट्टा र  गर्दनमा गोली लागेको थियो ।

गोली प्रहार गर्ने व्यक्तिको पहिचान ४६ वर्षीय  सफ्टवेयर इन्जिनियर हाउ ग्यु का रूपमा भएको बीबीसीले जनाएको छ । 

सुरक्षा अधिकारीहरूले कारबाट फर्किंदै गर्दा ती व्यक्तिले आत्महत्या गरेको बताएका छन् । बिङ ली र हाउ ग्यु एक–अर्कासँग परिचित थिए ।

अनुसन्धानका क्रममा घटना हत्यापछि आत्महत्या भएको बताइन्छ । घटनाअघि ‘दुवैबीच अन्तरंग साथीबारे लामो बहस’ भएको बीबीसीमा उल्लेख छ । 

जाँचकर्ताहरूले मैजुदा कोरोनाको शोधलाई लिएर लीको हत्या भएको बारेमा कुनै प्रमाण नभएको बताएका छन् ।

चिनियाँ नागरिक लीले सिंगापुरबाट स्नातक र पीएचडी गरेका थिए । त्यसपछि उनी शोधका लागि अमेरिका पुगेका थिए । 

के हो षड्यन्त्रको कथा 

चिनियाँ सोसल प्लेटफर्म विबोमा एक प्रयोगकर्ताले लेखेका छन्, “ओ माई गड, यस्तो लाग्दै छ जस्तो यो मिसन इम्पोसिबलको कथा हो ।

सायद उनी भाइरस अमेरिकाको ल्याबमा तयार भएको नतिजासम्म पुगिसकेका थिए ।”

चिनियाँ अधिकारीहरू र सरकारी मिडियाले अमेरिकाको ल्याबमा भाइरस तयार पारेर अमेरिकी सेनाको सहयोगमा वुहान पुर्‍याइएको आधारहीन दाबी केही दिनअघि मात्रै गरेका थिए । 

केही विबो प्रयोकर्ताहरूले भनेका छन्, “यो संयोगको कुरा लाग्दैन ।” एकले लेखेका छन्, “यो एक अत्यन्तै असामान्य मामिला हो । कैयौं रहस्य यसमा लुकेका छन् ।”

ली चिनियाँ नागरिक हुनु नै उनलाई अमेरिकाले जोखिममा पारेको केही प्रयोगकर्ताको दाबी छ । यद्यपि, चिनियाँ भएकै कारण उनलाई निशाना बनाइएको दाबीमा कुनै प्रमाण फेला परेको छैन । 

चीनको सरकारी मिडियासँग सम्बन्धित एक वेबसाइट ‘ग्लोबल टाइम्स’ ले एक लेख प्रकाशित गरेको छ, जसमा लीको मृत्युसँग जोडिएका कैयौं अड्कल लगाइएको छ । ट्विटरमा कैयौं मानिसहरूले घटनामा चीनको भूमिका हुन सक्नेसमेत दाबी गरेका छन् । –बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *