काठमाडौं : काठमाडौं उपत्यकाको आइतबार बिहान ५ बजेर ४५ मिनेटमा गरिएको मापनअनुसार न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस रहेको छ। यद्यपि, महाशाखाले बिहान ८ बजेर ४५ मिनेटमा गरिने मापनलाई आधिकारिक मान्ने गरेको जानकारी दिएको छ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय रेखाको आंशिक प्रभाव रहेको छ। तराईका अधिकांश भूभागहरुमा हुस्सु/कुहिरो लागेको र यतिखेर देशका पहाडी भूभागका थोरै छ। अरु भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश नम्बर–१ का पहाडी भूभागमा आज दिउँसो आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।






