Home / Nepal / News / घरको दोस्रो तलाबाट खसेर एक मजदूरको मृत्यु

घरको दोस्रो तलाबाट खसेर एक मजदूरको मृत्यु

भक्तपुर : मध्यपुरथिमि नगरपालिका–६ कुण्डोलमा निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर शुक्रबार एक मजदूरको मृत्यु भएको छ।

ठाकुर अधिकारीले बनाउँदै गरेको पक्की घरको दोस्रो तलाबाट खसेर काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भई हाल मथिनपा–६ कुण्डोल बस्ने मजदूर ४० वर्षीय प्रेम मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

प्रहरीका अनुसार घरको दोस्रो तलाबाट खसेलगत्तै अन्य मजदूरले उपचारका लागि मध्यपुर अस्पतालमा लैजाँदा उपचारका क्रममा मगरको मृत्यु भएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्र.ना. उ. गिरीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *