काठमाडौं : धनुषामा बसको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा लक्ष्मीनिया-३ बस्ने ५० वर्षीय दीपचन्द्र यादव छन्।
लक्ष्मीनिया गाउँपालिका–४, सपहीस्थित सडकमा ना४ख १०६९ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






