काठमाडौं : मानव सेवा आश्रमले काठमाडौंका विभिन्न स्थानबाट सोमबार राति र मंगलबार बिहान गरी ४० जना बेसहाराको उद्धार गरेको छ।
आश्रमका अभियन्ता रामजी अधिकारीका अनुसार सोमबार राति चाबहिल, बौद्ध, गोकर्णेश्वरलगायतका स्थानबाट १७ जनाको उद्धार गरिएको हो। मंगलबार बिहान पशुपति मन्दिर क्षेत्रबाट नौजना बालबालिका र २३ जनाको उद्धार गरिएको आश्रमका अभियन्ता रामजी अधिकारी जानकारी दिए।
नौजना बालबालिकासहित ४० जना सहयोगापेक्षीको उद्धार गरेको मानवसेवा आश्रमले जनाएको छ। उद्धार गरिएका बालबालिकालाई बालबालिका खोजतलास केन्द्रको जिम्मा लगाइएको छ। अन्य व्यक्तिहरुलाई मानव सेवा आश्रमको काठमाडौं, भक्तपुर र ललितपुर शाखामा व्यवस्थापन गरिएको छ।
नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको सहयोगमा उनीहरुको उद्धार गरिएको हो।






