काठमाडौं : कोरोनाभाइरसविरुद्धको बुधबारबाट सुरु गरिने खोप अभियानअन्तर्गत काठमाडौंका केन्द्रहरुमा बुधबार बिहान मात्रै खोप पुर्याइने भएको छ। जिल्लाका १२ वटा हब अस्पतालहरुलाई खोप केन्द्रका रुपमा तोकिएको छ ।
कोभिड फोकल पर्सन डा. गुणराज लोहनीका अनुसार हाल केन्द्रीय भन्डारण कक्षमा राखिएको खोप बुधबार बिहान एकैसाथ १२ वटा केन्द्रमा पठाइने छ। खोप केन्द्रका रुपमा सबै जिल्लाका हब अस्पतालहरुलाई तोकिएको छ। एउटै क्षेत्रमा पर्ने हब र स्याटलाइट अस्पतालहरुमा यिनै केन्द्रबाट खोप वितरण हुनेछ ।
कोरोनाविरुद्धको खोप लगाइने १२ अस्पतालहरु
१. त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज
२. काठमाडौं मोडेल अस्पताल, बागबजार
३. काठमाडौं मेडिकल कलेज, जोरपाटी
४. सशस्त्र प्रहरी अस्पताल, बलम्बु
५. सहिद गंगालाल अस्पताल, बाँसबारी
६. नेपाल मेडिकल कलेज, अत्तरखेल
७. वीरेन्द्र सैनिक अस्पताल, छाउनी
८. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
९. वीर अस्पताल, महाँकाल
१०. आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल,किर्तिपुर
११. पाटन अस्पताल, लगनखेल
१२. परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथली






