Home / Nepal / News / फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोपलाई अस्ट्रेलियामा प्रयोग अनुमति

फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोपलाई अस्ट्रेलियामा प्रयोग अनुमति

Australia-Vaccine

एजेन्सी: अस्ट्रेलीया सरकारले फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोपलाई प्रयोगका लागि अनुमति दिएको छ। प्रधानमन्त्री स्कट मरिसनले सोमबार बिहान पत्रकार सम्मेलन गर्दै यसको जानकारी गराए संगै कोरोना बिरुद्धको खोपको बिधिवत सुरुवात भएको हो।

आजबाट अस्ट्रेलियाको औषधिसम्बन्धी नियमनकारी निकाय थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसन (टीजीए) ले सोमबार उक्त खोपको प्रयोगका लागि अनुमति दिएको हो ।

अस्ट्रेलीया सरकारले फेब्रुवरीको अन्त्य सम्ममा खोप दिन सुरु गरिने जनाएको छ । सरकारले पहिलो चरणमा ल्याएको खोप वृद्धवृद्धाका र स्वास्थ्यकर्मीलाई वितरण गरिने सरकारले घोषणा गरेको छ ।
सरकारले आगामी मार्चसम्ममा ४० लाख मानिसलाई खोप लगाइसक्ने र बिस्तारै सबै नागरीकलाई खोप लगाउने लक्ष लिएको छ। यसका लागि अस्ट्रेलियाले १४ करोड डोज कोरोना खोपका लागि विभिन्न कम्पनीसँग सहमति गरिसकेको बताइएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *