Home / World News / भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १३ हजार नाघ्यो

भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १३ हजार नाघ्यो

काठमाडौ । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १३ हजार नाघेको छ ।

भारतका विभिन्न स्थानमा कोरोना भाइरसबाट १३ हजार २४५ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयका अनुसार भारतमा संक्रमितको संख्या चार लाख नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा १५ हजार चार सय १३ संक्रमित थपिएका छन् ।

योसँगै भारतमा कुल संक्रमितको संख्या ४ लाख १० हजार ४६१ पुगेको छ । जसमध्ये २.२७ लाख संक्रमित उपचारपछि निको भएका छन् । बीबीसी

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *