Home / Politics / नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक आज बस्दै

नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ। पेरिसडाँडामा बस्ने बैठकमा संसद् विघटनविरुद्धको आन्दोलन, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुनेछ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको थियो। बैठकमा त्यसको समीक्षा हुने र थप आन्दोलनका कार्यक्रम तय गरिने जनाइएको छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक दिउँसो साढे १२ बजेका लागि बोलाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *