Home / Nepal / News / यो वर्ष चिकित्सा शिक्षाको शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन

यो वर्ष चिकित्सा शिक्षाको शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आयोगको बैठकमा चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले प्रस्ताव गरेको विभिन्न मेडिकल विषयहरुको शुल्क यो वर्ष नबढाइने भएको छ। यो समय कोरोना महामारीको समय भएकाले प्रस्ताव गरिएको शुल्क नबढाउन अध्यक्ष ओलीले निर्देशन दिएका हुन्।

सिफारिस समितिले १७ विषयमध्ये बीडीएस, एमडीएमएस, एमडीएस साइन्स, एमडी आयुर्वेद, एमएन एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी मेडिकल माइक्रबायोलोजी, एमएस्सी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजीमा शुल्क बढाउन सिफारिस गरेको थियो।

आयोगले शैक्षिक सत्र २०७७/७८ मा एमबीबीएस कार्यक्रमका लागि आठ लाख रुपैयाँ बढाउनुपर्ने प्रस्ताव पेस गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *