Home / Sports / पावर लिफ्टिङका विश्व कीर्तिमानी खेलाडी रुप कार्कीको निधन

पावर लिफ्टिङका विश्व कीर्तिमानी खेलाडी रुप कार्कीको निधन

काठमाडौं : पावर लिफ्टिङका विश्व कीर्तिमानी खेलाडी रुप कार्कीको ५२ वर्षको उमेरमा शुक्रबार हृदयाघातका कारण निधन भएको छ।

अन्तर्राष्ट्रिय पावर लिफ्टिङ खेलमा विश्व कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेका कार्की रुपन्देहीको तिलोत्तमा नगरपालिका ६, भलबारीमा जन्मिएका हुन। डेढ दसकदेखि अमेरिकाको भर्जिनियामा बस्दै आएको थिए। उनी केही समयअघि नेपाल आएर भरबारीमै बस्दै आएका थिए। शुक्रबार बिहान एक्कसि मुटुको चालमा गडबडी हुँदा उपचारका लागि काठमाडौं ल्याउदै गर्दा बाटोमै निधन भएको जनाइएको छ।

कार्कीले सन् २०१९ मा मास्टर टु २२० पाउण्ड तौल समूहमा आयरल्याण्डमा सम्पन्न वर्ल्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका थिए। यसै गरि उनले अमेरिकाको एटलान्टामा सन् २०१७ मा सम्पन्न वर्ल्ड पावरलिफ्टिंग प्रतियोगितामा आफ्नो वजन समूहमा स्वर्ण पदक अर्थात् मास्टर वान पदक समेत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *