Home / Nepal / News / चितवन प्रहरीद्वारा एकैदिन २५ जना फरार व्यक्ति पक्राउ

चितवन प्रहरीद्वारा एकैदिन २५ जना फरार व्यक्ति पक्राउ

चितवन : चितवन प्रहरीले एकैदिन २५ जना फरार व्यक्तिलाई बुधबार पक्राउ गरी अदालतमा बुझाएको छ।

जिल्ला अदालतबाट विभिन्न मुद्धामा कैद तथा जरिवाना सजाय भइ फरार रहेका अभियुक्तहरु पक्राउ परेका हुन्। ती मध्ये २२ पुरुष र ३ महिला छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी सूर्य थापाले फरार अभियुक्तहरु बारे खोज तलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले तीनजना र ईलाका प्रहरी कार्यालय दिव्यनगरको प्रहरी टोलीले २२ जनालाई पक्राउ गरेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *