Home / Nepal / News / भारतमा कोरोना खोप अभियान हिजोबाट सुरु, बलिउड सेलिब्रेटीको समर्थन

भारतमा कोरोना खोप अभियान हिजोबाट सुरु, बलिउड सेलिब्रेटीको समर्थन

मुम्बई : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार भारतमा कोरोना खोप अभियानको सुरुवात गरे। बलिउड कलाकारहरु कंगना रनौत, प्रियंका चोपडा, परेश रावललगायतले यस् अभियानलाई सामाजिक सञ्जालमा खुसीका साथ स्वागत गरेका छन्।

प्रियंकाले भारतमा कोरोना खोप अभियानलाई स्वागत गर्दै ट्वीट गरेकी छिन्। “कोभिड खोप अभियानलाई व्यापक रूपमा सुरु गरेकोमा भारतीय अधिकारीहरु, चिकित्सा र स्वास्थ्य टोलीहरुमा बधाइ छ विगत वर्षदेखि आफ्नो जीवन जोखिममा पारेर अरुको ज्यान बचाउन खटिएका फ्रन्टलाइन हिरोहरुप्रति सधैँ आभारी छु।”

यस्तै, अभिनेत्री कंगनाले डा. रणदीप गुलेरीले कोरोना खोप लिइरहेको भिडियो सार्वजनिक गर्दै लेखिन्, “उत्तम !!! व्यग्र प्रतीक्षामा।”

कलाकार परेश रावलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्। यस्तै इशा देओल, कुनाल कपुरलगायतले पनि यस अभियानलाई स्वागत गर्दै सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *