Home / Nepal / सुनसरीको इटहरीमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

सुनसरीको इटहरीमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

इनरुवा : सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछीमा इटहरीबाट धरानतर्फ जाँदै गरेको को३२प ६७१६ नंको मोटरसाइकल र धरानबाट इटहरीतर्फ आउँदै गरेको को१ख ५५२७ नंको ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धरान–१० का ३० वर्षीय विक्रम चेमजोङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।मोटरसाइकलमै सवार धरान–१० का साइल तुलाधर घाइते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *