काठमाडौं: बिस्वब्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन नेपाल सरकारले अनुमति दिएको छ।
औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘ कोभिसिल्ड ‘ नामक कोरोनाविरुद्धको खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको छ्।
यस सँगै नेपालमा हुकुम डिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालिले ‘ कोभिसिल्ड ‘ नामक खोप ल्याउने औषधि व्यवस्था विभागका वरिष्ठ औषधि ले जनाएको छ ।
निवेदन दिएकामध्ये अन्य दुई जनाको आवश्यक कागजात नपुगेको र टेक्निकल नोटका आधारमा हुकुमले अनुमती पाएको हो।
सरकारले कोरोनाविरुद्धको खोप आयात सन्दर्भमा टेक्निकल नोट तयार गरेको र त्यसमा आधारित रहेर अन्य भ्याक्सिन पनि दर्ता हुने बिभागले जनाएको छ।






