Home / Nepal / News / काठमाडौंमा आजको तापक्रम ५.५ डिग्री सेल्सियस, वागमती प्रदेशमा वर्षाको सम्भावना

काठमाडौंमा आजको तापक्रम ५.५ डिग्री सेल्सियस, वागमती प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : काठमाडौंमा आज विहानको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ। विहान साढे ६ बजेको तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार काठमाडौंमा दिउँसोको तापक्रम २१–२३ डिग्री सेल्सियस पुग्ने छ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

तराईका भू–भागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ। देशका अन्य भू–भागहरुमा मौसम सफा रहनेछ।

देशको विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आउने भएकाले यसबाट बच्न आग्रह गर्दै मानन्धरले भनिन्, “तराईका केही भू–भागमा बिहानको समयमा हुस्सु र कुहिरोसमेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु पर्ने देखिन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *