आज पौष महिनाको कृष्ण पक्षको एकादशीलाई सफला एकादशी को नामले चिनिन्छ । पद्य पुराण मा बर्णन गरेअनुसार सफला एकादशी व्रतको फल ठूला यज्ञ तथा महायज्ञ गरेभन्दा धेरै हुने धार्मिक तथा शास्त्रीय विश्वास रहेको छ।
आजका दिन व्रत लिदा पापबाट मुक्त हुने र कल्याण मिल्ने र आजका दिन गुरु तथा ब्राम्हणहरुलाई दियो दान गर्नुलाइ उत्तम मानिन्छ। सबै एकादशीमा शात्विक आहार व्यवहार गरि व्रत बस्नु पर्दछ ।
भोलीपल्ट अर्थात द्वादशीका दिन बिहानै ब्राम्हण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिईसकेपछि मात्रै व्रतालुले भोजन गर्नु पर्दछ । एकादशीको दिन लसुन , प्याज , मुसुरो जस्ता अखाद्य वस्तु सेवन गर्नु हुँदैन ।






