Home / Nepal / News / कैलालीको धनगढीमा भारतीय नागरिक द्वारा ४ बर्षिय बालिका बलत्कृत

कैलालीको धनगढीमा भारतीय नागरिक द्वारा ४ बर्षिय बालिका बलत्कृत

धनगढी उप–महानगरपालिका वडा नम्बर ९ की ४ वर्षीया बालिकामाथि सोमवार बलात्कार भएको प्रहरीले जनाएको छ ।

बालिकालाइ भारतको उत्तरप्रदेशका १९ वर्षीय रविकुमार कोरीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। कोरीले मामाघरमा आएका बेला बलात्कार गरेको थाहा हुन आएको छ।

कोरीलाइ सोमबार नै पक्राउ गरी अदालतबाट म्याद थप गरि कोरीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिनुभएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *