Home / Nepal / नेपाली सेनाको ‘एकीकरण पदयात्रा’ आजबाट सुरु

नेपाली सेनाको ‘एकीकरण पदयात्रा’ आजबाट सुरु

काठमाडौं : नेपाली सेनाको ‘एकीकरण पदयात्रा’ आजबाट सुरु भएको छ। पुस २७ गते सम्पन्न हुने पदयात्रा ‘२९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ का अवसरमा प्रत्येक वर्ष हुँदै आएको छ।

यस अवधिमा विविध कार्यक्रम गरिन्छ। पदयात्रामा भने गोर्खाली सेनाद्वारा विजय अभियानका लागि प्रयोग भएका पदमार्गहरु गोरखादेखि धादिङ, नुवाकोट हुँदै काठमाडौं जंगी अड्‌डासम्म यात्रा गरिन्छ। पदयात्राका क्रममा विभिन्‍न स्थानमा सांस्कृतिक कार्यक्रम, अन्तर्क्रिया तथा प्रवचनका कार्यक्रमहरु समावेश रहने सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

गोरखा दरबारबाट सुरु पदयात्रा काठमाडौंमा आएर टुंगिन्छ। पदयात्रामा नेपालको राष्ट्रिय झन्डा र टर्चका साथै पृथ्वीनारायण शाहकालीन सैनिक पोसाकमा सोही समयमा खडा भएका नेपालका पहिला पाँच युनिटको निशान झन्डा पनि संलग्‍न छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *