Home / Politics / राजनीतिक दलसम्बन्धी नियमावली संशोधन, अब निर्वाचन अवधिमै विवाद मिलाउन पाइने

राजनीतिक दलसम्बन्धी नियमावली संशोधन, अब निर्वाचन अवधिमै विवाद मिलाउन पाइने

काठमाडौं- निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गरेको छ। निर्वाचन अवधि सुरु भएपछि दलहरुको विवाद मिलाउन नपाइने प्रावधानलाई नियमावलीबाट झिकिएको छ।

अब निर्वाचन अवधि सुरु भएपछि पनि आयोगले दलहरुको विवाद मिलाउन पाउने भएको छ।

निर्वाचन आयोगका पदाधिकारीको आइतबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २३ को (६) को प्रावधान हटाएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उत्पन्न विवादपछि दुबै समूहले आधिकारिकता दाबी गरिरहेकै समयमा आयोगले नियम संशोधन गरेको हो।

सरकारले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि नेकपाको केपी शर्मा ओली समूहले निर्वाचन घोषणा भएकै दिनदेखि निर्वाचन अवधि मान्नुपर्ने जिकिर गर्दै आएको थियो ।

‘निर्वाचन अवधि’ भन्नाले चुनाव हुने दिनभन्दा १२० दिन अगाडिको अवधि अर्थात, आयोगले चुनावी कार्यक्रम घोषणा गरेपछिको अवधिलाई बुझिन्छ।

ओली पक्षले माग गरेअनुसार अहिलेदेखि नै निर्वाचन अवधि सुरु भएको मान्ने हो भने नियम २३ (६) अनुसार यो अवधिमा आयोगले नेकपाको विवाद निरुपण गर्न नपाउने अवस्था थियो। यही कारण आयोगले नियमावली संशोधन गरेको स्रोतले बतायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *