Home / Nepal / प्रचण्ड–नेपालले ‘कू’ को तयारी गरेका थिए – बादल

प्रचण्ड–नेपालले ‘कू’ को तयारी गरेका थिए – बादल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ओली समूह)का नेता तथा गृह मन्त्री रामबहादुर थापा बादलले फुटेर जाने समूहले राजनीतिक कू को तयारी गरेको आरोप लगाएका छन्।काठमाडौंमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

“फुटेर जाने नेताहरुको राजनीतिक कूको तयारी थियो,” बादलले भने, “प्रधानमन्त्री हटाउने, अविश्वासको प्रस्ताव ल्याउने तयारी थियो। त्यसैले प्रधानमन्त्रीले राजनीतिक निर्णय लिनुपरेको थियो । संवैधानिक भन्दा पनि यो राजनीतिक निर्णय हो । प्रतिगमन र कू लाई रोक्ने ठूलो साहसिक कदम हो। यो कदम संवैधानिक हो कि असंवैधानिक भन्नेकुरा अदालतले फैसला गर्छ। यो अग्रगामी कदम हो। यसले प्रतिगमन रोक्यो। भविष्यले यो प्रमाणित गर्नेछ यो कदम सही थियो।”

बादलले रुपमा प्रतिगमनजस्तो देखिए पनि सारमा अग्रगामी कदम भएको बताए।

“रुपमा प्रतिगमनमा गएको देखिए पनि सारमा हामी अग्रगामी भएका छौँ,” बादलले भने, “पृथकतावादी आन्दोलनलाई समाप्त पारेका थियौँ। देशको भौगोलिक अखण्डताको लागि महत्वपूर्ण कदम यो सरकारले उठाएको थियो। भौगोलिक अखण्डताको पक्षमा र कम्युनिष्ट आन्दोलनको पक्षमा नेतृत्वले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। हामी निराश हुनुपर्ने आवश्यकता छैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *