Home / Society / ललितपुरको गोदावरी न.पा.६ स्थित देउराली आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा बितरण

ललितपुरको गोदावरी न.पा.६ स्थित देउराली आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा बितरण

काठमाडौं : ललितपुरको गोदावरी नगरपालिका–६ स्थित लप्सेको देउराली आधारभूत विद्यालयका ३५ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । योङ पिकासो र ‘सहयात्रा’ संस्थाको सहकार्यमा त्यहाँका कक्षा १ देखि ५ का विद्यार्थीलाई शुक्रबार कपडा वितरण गरिएको हो। उक्त क्षेत्रमा आर्थिकरुपमा कमजोर र तामाङ समुदायको बस्ती रहेको छ।

कार्यक्रमका लागि विएफविएस गोर्खा रेडियो, भाटभटेनी सुपर स्टोर तथा लाइन्स क्लव अफ क्रिएटिभ वुमनले सहयाग गरेको योङ पिकासोका निर्देशक अजय देशारले जानकारी दिए । विद्यालयका प्रधानाध्यापक मैया थपलियाले चिसो समयमा आफ्ना विद्यार्थीलाई राहत मिलेको बताइन्। ‘सहयात्रा’का निवर्तमान अध्यक्ष बालमुकुन्द आचार्यले विद्यार्थीका लागि सिकाइ महत्वपूर्ण रहेकाले न्यानो कपडाले सिकाइ सहज बनाउने अपेक्षा व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *