काठमाडौं : प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेडले जित निकालेको छ। शुक्रबार घरेलु मैदानमा भएको खेलमा युनाइटेडले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो। युनाटेडलाई जित दिलाउन एन्थोनी मार्टियल र ब्रुनो फर्नान्डेजले गोल गरेका हुन्।
खेलमा अग्रता मार्टियलले हेड गोल मार्फत दिलाएका थिए। वान विसाकाको क्रसमा मार्टियलले युनाईटेडलाई सुरुवाती अग्रता दिलाए। दोस्रो हाफमा ट्रेयरले पाहुना टोलीका लागि बराबरी गोल फर्काए। डिबक्सभित्र प्राप्त बललाई ट्रेयरले गोलमा परिणत गरेका थिए। जित सहित युनाईटेडले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ।
शीर्ष स्थानका दुई क्लब लिभरपुल र युनाईटेडको समान ३३ अंक भएको छ। एस्टन भिल्ला २६ अंकसहित तालिकाको छैटौ स्थानमा छ।





