काठमाडौं : धनुषा विदेह नगरपालिका २, दुहबीका जीवन रायका ६ वर्षीय छोरा अभिन्दन रायको हत्या आरोपमा पाँचजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका ६० वर्षीय ब्रह्मदेव रायलगायत पाँचजना छन् ।
घरअगाडि खेल्ने क्रममा बुधबार दिउँसोबाट बेपत्ता भएका अभिन्दनको बिहीबार ब्रह्मदेवको गोठमा गाडिएको अवस्थामा शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषा र सीमा प्रहरी चौकी दुहबीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।






