Home / Nepal / News / पूर्वमन्त्री महेश बस्नेतलाई सामाजिक सन्जाल फेसबुकमार्फत गाली र अभद्र टिप्पणी गरेको आरोपमा एकजना पक्राउ

पूर्वमन्त्री महेश बस्नेतलाई सामाजिक सन्जाल फेसबुकमार्फत गाली र अभद्र टिप्पणी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं : सत्तारुढ दल नेकपाका नेता तथा पूर्वमन्त्री महेश बस्नेतलाई सामाजिक सन्जाल फेसबुकमार्फत गाली र अभद्र टिप्पणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रहरीबाट स्वेच्छिक अवकाश लिएका ३५ वर्षीय असई डिल्लीबहादुर चन्द छन्।

साइबर ब्युरोका एसएसपी नविन्द अर्यालका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेसँग समन्वय गरेर नेपालगन्जबाट चन्दलाई मंगलबार राति पक्राउ गरिएको हो।

उनीविरुद्ध बस्नेतले कानुन व्यावायीमार्फत उजुरी दिएका थिए। एसएसपी अर्यालले भने, “उहाँले भन्नै नसकिने अश्लील प्रकारका गाली, टिप्पणी गरेको पाइएको छ। थप अनुसन्धान गरिरहेका छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *