Home / Nepal / चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

काठमाडौं : लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पर्सा प्रहरीको समन्वयमा वीरगन्जबाट पक्राउ गरेको हो।

उनीविरुद्ध नवलपरासीमा उखु किसानको उजुरी छ। उनलाई थप अनुसन्धानका लागि नवलपरासी पठाइएको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए।

यो मिलले किसानको १५ करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको बताइएको छ। सरकारले किसानको पैसा नदिने मिल सञ्चालकलाई पक्राउ गरेर कारबाही अगाडि बढाउन निर्देशन दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *