Home / Nepal / लुम्बिनीले कर्णाली प्रदेशविरुद्ध ९ विककेटले जित हासिलगर्न सफल

लुम्बिनीले कर्णाली प्रदेशविरुद्ध ९ विककेटले जित हासिलगर्न सफल

काठमाडौं । दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला टी-ट्‌वान्टी कप क्रिकेट प्रतियोगितामा लुम्बिनी  प्रदेशले सहज जित निकालेको छ।

आइतबार भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशविरुद्ध ९ विककेटले जित हात पारेको छ । देउखुरी क्रिकेट मैदानमा कर्णालीले दिएको ३५ रनको सामान्य लक्ष्य लुम्बिनीले ३ ओभर ३ बलमा पूरा गर्‍यो।

लुम्बिनी प्रदेशका लागि कप्तान नेरी थापाले ९ रन बनाइन् । गीता गोसाईले ४ रन बनाउन सफल भइन्। बलिङतर्फ कर्णालीका लागि अन्जु गुरुङले एक विकेट लिइन्। 

यसअघि मौसमका कारण १३ ओभरमा झारिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित १३ ओभरमा ५ विकेट गुमाउँदै मात्र ३४ रन बनाउन सफल भयो।

कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक ८ रन बनाउन सफल भइन्। त्यस्तै अन्शु शाक्यले ७ रन बनाइन्। तिर्सना विश्वकर्मा,  मोनिका रानाले २-२ रन बनाइन्। 

बलिङतर्फ लुम्बिनीकी लागि कप्तान नेरी थापाले दुई विकेट लिइन्। आजको खेलमा जित निकाल्दै लुम्बिनी प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि आफूलाई बलियो बनाएको छ। लुम्बिनीले पहिलो खेलमा प्रदेश २ लाई हराएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *