भक्तपुर : भक्तपुरमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन्।
सानोठिमीस्थित अनुदान चोकबाट नगद १ हजार रुपैयाँ दिँई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा सानोठिमी बस्ने काभ्रे बनेपा नगरपालिका १४ घर भएका ४० वर्षीय गणेश थापालाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा.१९ च १६७८ नम्बरको कार जाँच गर्ने क्रममा आवश्यक कागजपत्र नभएको फेला पारी नियन्त्रणमा लिने क्रममा गणेशले उक्त रकम दिन खोजेपछि प्रहरीले सो रकम र कारसहित उनलाई पक्राउ गरेको हो।






