लहान : सिरहाको सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षअगाडि मंगलबार बिहान प्रेसरकुकर बम फेला परेको छ।
कार्यालय खुलेपछि सरसफाइ गर्ने बेलामा कार्यालय सहयोगीले अधिकृतको कार्यकक्षको गेटनजिकै एउटा कालो ब्यागमा प्रेसरकुकुर बम राखिएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो।
बम फेला परेको सूचना पाउनासाथ इलाका प्रहरी सुखीपुर तथा सशस्त्र बेस क्याम्पबाट खटिएको टोलीले कार्यालयलाई तत्कालका लागि ‘सिल’ गरेको छ। अज्ञात समूहले विस्फोट गराउने उद्देश्यले सो बम राखिएको हुनसक्ने प्रहरीको अनुमान छ।
कार्यालय बन्द रहेकाले को–कति बेला प्रवेश गरेर कसरी बम कार्यालयमा राखियो भन्नेबारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पञ्जियारको भनाइ छ।






