Home / Nepal / News / चोरी गरेको मोटसाइकलसहित दुईजना पक्राउ

चोरी गरेको मोटसाइकलसहित दुईजना पक्राउ

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गरेको आरोपमा मोटसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने २६ वर्षीय छेसाङ लामा र २३ वर्षीय शिलबहादुर तामाङ छन्।

चोरिएको बा९९प ७७३१ नम्बरको सेतो रङको केटीएम डुक मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।

त्रिपुरेश्वरस्थित अटो क्लिनिक मोटरसाइकल वर्कसपमा बनाइरहेको अवस्थामा शंका लागि अनुसन्धान गर्दा चोरीको भएको खुलेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *