Home / Nepal / News / बूढानीलकण्ठ मन्दिर आजदेखि भक्तजनका लागि खुला गरिने

बूढानीलकण्ठ मन्दिर आजदेखि भक्तजनका लागि खुला गरिने

काठमाडौं : कोरोना महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर आजदेखि भक्तजनका लागि खुला गरिने भएको छ।

नौ महिनासम्म मन्दिर बन्द गरिएपनि नित्य पूजा, आरती भने नियमति भइरहेको छ। मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भने यस वर्ष कोरोनाका कारण स्थगित गरिएको थियो तर अब भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गर्न लागिएको हो।

बिहान सवा ८ बजे मन्दिरमा आयोजना गरिने कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेलले मन्दिर खुला गरिएको घोषणा गर्ने पनि उनले जानकारी दिए।

बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु र शिव दुवै भगवान् रहेको धार्मिक विश्वास छ।

ठूलो शिलामा जलमाथि भगवान् शयन गरेको अलौकिक मूर्ति विश्वमै अद्वितीय मानिन्छ। यसैले विश्वभर रहेको वैदिक सनातन धर्मावलम्बी मन्दिरको दर्शनका लागि बूढानीलकण्ठ आउने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *