Home / Nepal / News / सर्लाहीको हरिवनमा आगलागी हुँदा एक करोड रुपैयाँ बराबरको क्षति

सर्लाहीको हरिवनमा आगलागी हुँदा एक करोड रुपैयाँ बराबरको क्षति

सर्लाही : सर्लाहीको हरिवन नगरपालिकामा गएराति १२ः४० बजेको समयमा कपडा गोदाम र पसलमा आगलागी हुँदा एक करोड रुपैयाँ बराबरको क्षति भएको छ।

वडा नं ११ स्थित बजारमा रहेको कैलाश साह, सञ्जय साहको कपडा गोदाम, कमल कार्कीको घरमा र महेश साहले सञ्चालन गरेको कपडा पसलमा आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।  घरमा आंशिक रुपमा र कपडा पसल पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
    
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियवासी र बारुण यन्त्रणको सहयोगमा राति २ः२० बजे आगो नियन्त्रणमा आएको थियो । आगलागी कसरी भयो भन्ने एकिन हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *