Home / Nepal / सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस परीक्षण सुरु

सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस परीक्षण सुरु

[pl_row] [pl_col col=12] [pl_text]

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस (कोभिड–१९) परीक्षण सुरु भएको छ ।

बुधबार बिहान साढे नौ बजेबाट र्‍यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट  ब्लक ‘ए’ का २४२ जनाको परीक्षण गर्न लागिएको हो ।

 ब्लक ‘ए’ का २४२ जनाको परीक्षण गर्दा सबैकाे नेगेटिभ रिपार्ट आएमा अरू ब्लककाे परीक्षण गर्न नर्पने स्थानीयले बताउदैँ आएका छन । तर सरकारले सबै ब्लककाे परीक्षण गर्नेगरी तयारी गरीराखेकाे छ ।

मंगलबार ब्लक ‘ए’ मा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता दिएर तीन वटा टेबलबाट परीक्षण भइरहेको छ ।

चार जनाको समुहले र्यापिट टेस्ट गरीरहेका छन । यो जनशक्ति एकदमै न्युन हो । यत्तिले मात्र टेस्ट गर्ने हो भने सो अपार्टमेन्टमा रहेका सबैको टेस्ट गर्दा एक हप्ता भन्दा बढी लाग्ने देखिन्छ । सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार छ सय जना बस्दै आएका छन् ।

८ चैतमा भएको सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनावमा संक्रमित परिवारका एक सदस्यले पनि मतदान गरेकाले पाँच वटै ब्लकका बस्नेहरूको परीक्षण गर्न लागिएको हो ।

[/pl_text] [/pl_col] [/pl_row]

Leave a Reply

Your email address will not be published. Required fields are marked *