Home / Nepal / अनलाइन फुड डेलिभरी सेवामा लोकप्रिय बन्दै बिर्यानी मोमेन्टस्

अनलाइन फुड डेलिभरी सेवामा लोकप्रिय बन्दै बिर्यानी मोमेन्टस्

काठमाडौं । कोभिड–१९ कारण राजधानीमा अनलाइन फुड डेलिभरी सेवाप्रति ग्राहकको रुची बढ्न थालेको छ । खानेकुरा डेलिभरीको व्यवसाय गर्ने रेष्टुरेन्टहरुका अनुसार विभिन्न परिकारहरु अफिस तथा घरमै अर्डर गरेर खाने ग्राहकको संख्या बढ्दो क्रममा छ । रेष्टुरेन्टकै मूल्यमा आफूले चाहेको खानेकुरा आफ्नै ठाउँमा पाइने, कोरोना भाइरसको जोखिम पनि कम हुने भएपछि ग्राहकको संख्या बढेको सम्बन्धित व्यवसायीहरुको भनाइ छ ।

लक डाउनकै समयदेखि आफ्नो सेवा सेवालाई थप गुणस्तरीय रुपले अघि बढाएको बिर्यानी मोमेन्टस् नामक अनलाइन फुड डेलिभरी सेवाप्रदायकले हालसम्म हजार भन्दा बढी ग्राहकलाई खाना, खाजालगायत डेलिभरी गरिसकेको छ ।

कोरोना भाइरस सक्रमणका कारण विश्व नै आक्रान्त भैरहेको कठिन समयमा स्थापित बिर्यानी मोमेन्टस्को लोकप्रियता भने निकै लोभलाग्दो छ ।


भाइरस सक्रमणबाट बच्नको लागि कम्पनीले सुरक्षा र सरसफाईलाई पहिलो प्राथमिकता दिएको छ । रेष्टुरेन्टमा काम गर्ने सबै टिमलाई तालिम प्रदान गरिएको छ । किचनमा काम गर्ने देखि फुड डेलिभरीमा संलग्न स्टाफहरु सबैले कडा सुरक्षा सावधानी अपनाउने भएकै कारण पनि छोटो समयमै बिर्यानी मोमेन्टस्प्रति ग्राहकको विश्वास बढेको छ ।


यसका अलवा समय बचत हुने, इच्छाएको समयमा मन परेको खाना मगाउन सकिने, सवारीसाधन प्रयोगकर्ताको इन्धन बचत हुने आदि फाइदाका कारण ग्राहकहरु अनलाइन फुड डेलिभरी सेवाप्रति आकर्षित हुँदै गएको छ ।

बिर्यानी हाउसले विशेषगरी काठमाडौं र ललितपुरका क्षेत्रमा खानेकुरा पुर्याउँदै आएको छ ।

अर्डरअनुसार कम्पनीले रेष्टुरेन्टमा उपलब्ध विभिन्न भेज तथा ननभेज खानेकुरा डेलिभरी गर्दै आएको छ ।

कसरी गरिन्छ खानाको अर्डर ?

बिर्यानी मोमेन्टस्को फेसबुक पेज तथा टेलिफोनबाट खानेकुरा अर्डर गर्न सकिन्छ ।
स्र्टाटअपको रुपमा स्थापित कम्पनीले आफ्नो सेवा विस्तार गरेर भविष्यमा देशका मुख्य सहरमा पुर्याउने समेत योजना रहेको जनाएको छ ।

टिभिसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *