Home / Society / रसुवामा कानमा लगाएको सुन लुट्न ६ वर्षीया बालिकाको अपरहणपछि हत्या

रसुवामा कानमा लगाएको सुन लुट्न ६ वर्षीया बालिकाको अपरहणपछि हत्या

काठमाडौं : रसुवा जिल्लाको कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया बालिका सुमिना तामाङलाई विद्यालयबाटै अहपरण र त्य्सपछि हत्या भएको छ। स्थानीय ग्राङ प्राविमा अध्ययनरत सुमिना गत आइतबार बिधालयबाट हराएकी थिइन।

साँझसम्म सुमिना घर नआएपछि आफन्तले २२ गते प्रहरीमा गरेका थिए त्य्स लगत्तै प्रहरीले खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी इन्द्र सुवेदी भन्छनले बताएका छ्न।

प्रहरीका अनुसार सुमिनाको शव कालिका गाउँपालिका–१ स्थित नागुर्दुङ भीरको ओडारमा घाँसले छोपिएको अवस्थामा फेला परेको थियो। ह

त्यामा संग्लन आरोपमा नुवाकोटको किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई प्रहरीले पक्राउ गर्‍यो ।

उनको सुन लुट्नैका लागि सुमिना तामाङलाई फकाएर लगेको र सुन निकालेपछि सुमिनाले घरमा भनिदिन्छु भनेपछि हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेकी छन् । 

सपना यसअघि पनि ०७५ सालमा पक्राउ परेकी र उनलाइ चोरी कसुरमा मुद्दा दायर भएको थियो र ०७५ फागुन ५ गतेबाट उनले एक वर्ष चोरी मुद्दामै बाल सुधार गृहमा सजाय काटेकी थिइन।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *