Home / World News / नेपाली प्रतिस्पर्धी सन्तोष साह बीबीसी मास्टर सेफ यूके–२०२०’ प्रतियोगिताको फाइनल राउन्ड प्रवेश

नेपाली प्रतिस्पर्धी सन्तोष साह बीबीसी मास्टर सेफ यूके–२०२०’ प्रतियोगिताको फाइनल राउन्ड प्रवेश

सिरहाको कर्जन्हा स्थायी ठेगाना भएका नेपाली सेफ सन्तोष साह अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ‘बीबीसी मास्टर सेफ यूके–२०२०’ प्रतियोगिताको फाइनल राउन्डमा प्रवेश गरेका छन।

साहले सेमिफाइनल राउन्डमा नेवारी परिकार योमरी बनाएका थिए। उनले इन्डो चाइनिज परिकार चिकेन चिल्ली, हट एन्ड साओर सुप, र अचार जस्ता चिजबिज बनाएर आयोजकलाइ चखाएका थिए।

आफू योमरी बनाएर सेमिफइनलमा पुगेपछि सन्तोसले सामाजिक संजालमा खुसी ब्यक्त गर्दै उनले योमरीको स्वाद र यससँग जोडिएको चाडबाड र बनाउन तरिकासमेत उल्लेख गरेका छन्।

नेपाली खाना विश्व जगत्‌लाई चिनाउने आफ्नो धोको रहेको बताएका छन । सन्तोषले अब ६ जना प्रतिस्पर्धी सङ्ग प्रतिस्पर्धा गर्नेछन।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *