Home / Nepal / News / प्रदेश–१ को पहाडि भेगमा वर्षा, हिमाली भेगमा हिमपात, काठमाडौको मौसम बदली

प्रदेश–१ को पहाडि भेगमा वर्षा, हिमाली भेगमा हिमपात, काठमाडौको मौसम बदली

काठमाडौं : काठमाडौं उपत्यकाको आजको न्यनूनतम तापक्रम ६.४ डिग्री सेल्सियस रहेको छ। बिहान साढे ६ बजे ६.४ डिग्री सेल्सिस मापन गरिएको तापक्रम दिउँसो बढेर १९–२१ डिग्री सेल्सियस पुग्ने मौसमविद् विभुती पोखरेलले जानकारी दिइन्। उनका अनुसार आज विहान हाल प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरुमा आंशिक बदली रहेको छ।

देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपात हुने जनाएको छ। प्रदेश–१ को पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यसैबीच आज राति देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

तराईका क्षेत्रमा बिहानको समयमा लागेको हुस्सु बिस्तारै फाट्दै जाने तर मौसममा आएको बदलीका कारण तापक्रममा गिरावट बढ्ने भन्दै विभागले चिसोबाट सतर्क रहन आग्रह गरेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *