Home / Sports / क्रिकेट अस्ट्रेलियाले खेलाडीसँग गर्‍यो नयाँ सम्झौता

क्रिकेट अस्ट्रेलियाले खेलाडीसँग गर्‍यो नयाँ सम्झौता

एजेन्सी । क्रिकेट अस्ट्रेलियाले खेलाडीसँग नयाँ सम्झौता गरेको छ ।

पछिल्लो वर्षका खेलाडी सूचीबाट ६ खेलाडी परिवर्तन गर्दै क्रिकेट अस्ट्रेलियाले नयाँ सम्झौता गरेको छ ।

२०२०–२१ का लागि नयाँ सम्झौतामा दिग्गज खेलाडी उस्मान ख्वाजा र शान मार्सलाई सूचीबाट हटाएको छ ।

त्यस्तै मार्नस लबुसेन, जोए बुन्र्स, म्याथु वडे, मिच मार्स, एस्टान एगर र केन रिचर्डसनलाई सम्झौताको सूचीमा समेटेको छ ।

ख्वाजालाई पछिल्लो वर्ष एसेज सिरिजका दौरान टोलीबाट बाहिर राखेको थियो । त्यस्तै शानले आफ्नो पछिल्लो एकदिवसीय खेल सन् २०१९ मा खेलेका थिए ।

२०१९ को मध्यबाट उनी पनि टोलीमा अटाउन सकेका थिएनन् । 

अस्ट्रेलिया राष्ट्रिय टोलीका छनोटकर्ता ट्रेवर होन्सले टोलीबाहिर रहँदा मिच मार्स र म्याथु वडेले जस्तै आफूलाई घरेलु प्रतियोगितामा प्रमाणित गर्नुपर्ने बताए ।

उनले कुनै खेलाडी टोलीभन्दा बाहिर रहँदा घरेलु प्रतियोगिताको प्रदर्शनले पुनरागमन गर्न सक्ने बताए । 

होन्सले सूचीमा भएका खेलाडी यसको हकदार भएको बताएका छन् । पछिल्लो १२ महिनाको प्रदर्शनका आधारमा नयाँ सम्झौताका लागि खेलाडी छनोट गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *