Home / Society / तरुण दल केराबारी द्वारा सामुदायिक बिद्यालयमा ईन्टरनेट जडान-

तरुण दल केराबारी द्वारा सामुदायिक बिद्यालयमा ईन्टरनेट जडान-

नेपाल तरुण दल केराबारी ९ को सहयोगमा केराबारी गाउपालिका र बेलबारी नगरपालिको सिमानामा पर्ने सहिद स्मृति आधारभूत बिद्यालयमा आज देखी एक वर्षका लागि ईन्टरनेट जडान गरिएको छ।

बिद्यालयहरु लाइ प्रबिधिमैत्री बनाउन सकेको खण्डमा सिकाइ सहजीकरण पनि प्रभावकारी बन्ने भन्दै सामुदायिक विद्यालयमा इन्टरनेट जडान गरिएको तरुण दल केराबारी ९ का वडा सभापति पप्पु के.सि. ले बताउनु भयो।

यस अघि पनि तरुण दल केराबारी द्वारा सोही बिद्यालयका विद्यार्थीहरु का लागि फेस सिल्ड, मास्क लगायतका स्वास्थ एवम् शैक्षिक सामाग्री विद्यालयलाई उपलब्ध गराइएको तरुण दल केराबारीका अध्यक्ष पप्पु शाहले बताउनु भयो।

आज जडान गरिएको इन्टरनेट जडानमा लागेको सम्पुर्ण आर्थिक खर्च र १ बर्ष सम्म लाग्ने सम्पुर्ण शुल्क नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य समाजसेवी दिपकचन्द्र राई ले उपलब्ध गराउनु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *