काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदभन्दा गणतन्त्र र पार्टी आवश्यक भएकाले आवश्यक परे त्याग गर्न आफू तयार हुने बताउनु भएको छ।
स्थायी कमिटीको आजको बैठकमा बोल्दै अध्यक्ष दाहालले यस्तो भन्नू भएको हो।
पदभन्दा महत्वपूर्ण गणतन्त्र र पार्टी एकता हो आवश्यक परे जो कसैले पनि त्याग गर्न तयार हुनुपर्छ म त्यसका लागि तयार छु भन्दै उहाँले आफ्नो धारणा व्यक्त गर्नु भयो।
बैठकपछि स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले अध्यक्ष दाहालले पार्टी एकतामै जोड दिएको र एकताको विकल्प एकता नै हो भन्दै पार्टी एकता रक्षाका निम्ति सबैलाई आफ्नो हठ त्याग्न अनुरोध समेत गर्नु भएको बताएका छन्।






