जनकपुर: प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज सुक्रबार बिहानबाट अचानक ह्याक भएको छ।
शुक्रबार बिहान मुख्यमन्त्री राउतको आधिकारिक फेसबुकमा प्रोफाइल फोटो र कभर फोटो सहितका परिवर्तन भएपछि उनको फेसबुक पेज ह्याक भएको पत्ता लागेको हो।
ह्याकरले पेजमा अनावश्यक कुराहरु पोस्ट गरेकोले ह्याक भएको पुस्टी भएको र यसको बारेमा फेसबुकको आधिकारिक निकायमा जानकारी गराइएको श्रोतले बताएको छ।






