Home / Nepal / News / प्रदेसका तिन स्थानमा बर्षा हुने सम्भावना

प्रदेसका तिन स्थानमा बर्षा हुने सम्भावना

काठमाडौं : काठमाडौं उपत्यकाका आज बिहानको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो यो तापक्रम बढेर १९–२१ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको मौसमविद् निराजन सापकोटा बताउँछन् । 

सापकोटाका अनुसार आज देशभर पहाडी क्षेत्रमा मौसममा बदली आउने छ । प्रदेश–१, गण्डकी प्रदेश र वागमती प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको सापकोटाले जानकारी दिए । 

पूर्वी र मध्ये क्षेत्रका हिमाली भू–भागमा सामान्य हिमपातको समेत समभावना रहेको उनले बताए । 

“तराईका जिल्लामा अहिले केही हुस्सु रहे पनि बिस्तारै फाटेर जाने छ,” उनले भने । तराइका जिल्लामा हुस्सुका कारण हवाई तथा सडक यातायात सेवा केही समय प्रभावित हुनसक्ने भन्दै सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

हुस्सुका कारण तापक्रममा कमी आउने हुँदा चिसोबाट बच्न विभागले आग्रह गर्दै आएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *