Home / Nepal / News / नेपाल विद्यार्थी सङ्घका सभापति भन्छन् गाडी रोकेको हो जलाउन खोजेको होइन

नेपाल विद्यार्थी सङ्घका सभापति भन्छन् गाडी रोकेको हो जलाउन खोजेको होइन

झापा : नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) झापाका सभापति राजेन्द्र उप्रेतीले केन्द्रको निर्देशनानुसार सरकारी गाडीहरुलाई चलाउन नदिने क्रममा बिहीबार मेचीनगरका उपप्रमुख मीना उप्रेती चढेको गाडी कार्यकर्ताहरुले रोकेको स्वीकार गरेका छन् ।  यद्यपि उपप्रमुखले दावी गरेजस्तो सरकारी गाडी जलाउन नखोजेको उनले बिहीबार साँझ प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेका छन् । 

नेविसङ्घ झापाका सभापति उप्रेतीले बुधबार तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको विरोधमा सङ्घको केन्द्रीय कार्यक्रमअनुसार बिहीबार देशैभरि सरकारी गाडी चल्न नदिने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । 

    मेचीनगर नगरपालिका–१३ चारआलीस्थित पूर्व पश्चिम राजमार्गमा मे१झ १७२ नंको सरकारी गाडीमा रहेकै अवस्थामा नेविसङ्घको कार्यकर्ता बताउने दुई व्यक्तिले पेट्रोल छर्केर आफूलाई जलाउन खोजेको उपप्रमुख उप्रेतीले बताउँदै आएकी छिन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *