Home / Nepal / News / पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार ४३९ कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार ४३९ कोरोना संक्रमितको मृत्यु

काठमाडौं : अमेरिकामा कोरोना संक्रमण र मृत्यु दर बढ्ने क्रम अझै रोकिएको छैन । बीचमा केही समय ओरालो लागेको संक्रमण र मृत्यु दर पुनः पहिलाको अवस्थालाई उछिन्दै अगाडि बढिरहेको छ । 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार ४३९ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा १ लाख ७७ हजार ९७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकामा कुल कोरोना संक्रमितको संख्या १ करोड ३५ लाख ६३ हजार ७३१ पुगेको छ । कोरोनाका कारण अमेरिकामा २ लाख ६८ हजार ४८२ जनाको मृत्यु भइसकेको छ । 

अमेरिकामा पछिल्लो समय कोरोना संक्रमितले अस्पतालमा बेडसमेत पाउन छोडेका खबरहरु सार्वजनिक हुन थालेका छन् । यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ९१ हजार ४३२ संक्रमित थपिएका छन् भने सोही अवधीमा ११ हजार ७४१ संक्रमितको मृत्यु भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *