Home / Nepal / अफ्रिका पुर्‍याई मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ

अफ्रिका पुर्‍याई मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ

काठमाडौं : गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्‍याई मानव बेचविखन गर्ने कार्यमा संलग्न फरार अभियुक्त ताप्लेजुङ गेंरिडदेन गाउँपालिका ४ घर भएका ४३ वर्षीय गणेश कुमार लोंवालाई प्रहरीले पक्राउ गरेको छ  ।

उनले ३ जनालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने प्रलोभनमा पारी गैरकानुनी तवरले त्रिभुवन अन्तर्राष्‍िट्रय विमानस्थलबाट भारत, दुवई र कतार हुँदै साउथ अफ्रिकासम्म पुर्‍याई बिक्री गरी शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४/५ महिनासम्म बन्धक बनाई राखेको खुलेको छ ।

पीडितहरु कोही नभएको मौका पारी भागेर नेपाली राजदूताबासमा पुगी दूतावासको समन्वयमा आफन्तहरुको सम्पर्कमा आई नेपाल फिर्ता भएपछि दिएको जाहेरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले अभियुक्त लोंवालाई काठमाडौं महाराजगञ्जबाट पक्राउ गरेको हो ।

लोंवा उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *