Home / World News / तेस्रो एकदिवसीय क्रिकेटमा घरेलु टिम अष्ट्रेलिया भारतद्वारा लाई पराजित

तेस्रो एकदिवसीय क्रिकेटमा घरेलु टिम अष्ट्रेलिया भारतद्वारा लाई पराजित

एजेन्सी: अस्ट्रेलियाको राजधानी क्यानबेरामा बुधबार भएकोब तेस्रो एकदिवसीय क्रिकेटमा घरेलु टिम अष्ट्रेलियाले भारतसामु १३ रनले पराजित भएको छ।

भारतले दिएको ३ सय ३ रनको लक्ष्यसहित ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ८९ रनमा समेटिदै हारको सामना गर्नु पर्यो।
कप्तान आरोन फिन्चले ७५ रनको अर्धशतकीय रनको योगदान गरेतापनि नतिजा भारतको हातमा सुम्पिनु परको थियो।

भारतले जितका लागि सार्दुल ठाकुरले ३ विकेट तथा जस्प्रित बुम्राह र टी नटराजनले २/२ विकेटको योगदान गरेका थिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २ रनको बनाएको बनाएको थियो।

भारतका लागि हार्दिक पाण्डयले अविजित रहदै ९२ रनको सर्बाधिक रनको योगदान गरेका थिए।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *